एनएमबिको १९ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन, पुस ७ देखि २४ सम्म बुक क्लोज

21 Dec,2016
  • nmb-ps_12_21_2016_11_29_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : एनएमबि बैंकको १९ प्रतिशत बोनस सुरक्षित गर्ने आज अन्तिम दिन हो । 
 
बैंकले साधारण सभाका लािग बिहीबारदेखि बुक क्लोज गर्ने भएकाले बोनस सेयर पाउन बुधबारसम्म सेयर किनिसकेको हुनुपर्छ ।
 
साधारण सभा प्रयोजनका लागि एनएमबीले पुस ७ देखि पुस २४ गतेसम्म सेयरधनी दर्ता किताब बन्द गर्नेछ । 
 
बैंकले १९ प्रतिशत बोनस बम्पर पारित गराउन पुस २४ मा साधारण सभा बोलाएको छ । 
 बैंकले गत वर्षको मुनाफाबाट लगानीकर्तालाई १९ प्रतिशत बोनस सेयर दिने प्रस्ताव साधारण सभामा लैजाँदैछ । 
 
एनएमबिले यसपटक साधारण सभामा अधिकृत पुँजी आठ अर्बबाट बढाएर १० अर्ब पु¥याउने प्रस्ताव लैजाँदैछ । 
 
एनएमबिले पुँजी बृद्धि गर्न साधारण सेयर थप सार्वजनिक निष्कासन (एफपीओ) जारी गर्ने एजेन्डा पनि तय गरेको छ । 
 
 हाल पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । 
 
प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने एक सय ७७ रुपैयाँ २९ पैसा छ ।