एनएमबिको साधारण सभा हुँदै, १९ प्रतिशत बोनस सेयर प्रस्ताव

08 Jan,2017
  • agmm_1_8_2017_12_49_33.jpg
नेपाली पैसा
 
काठमाडौं : एनएमबि बैंकको आइतबार २१ औं बार्षिक साधारण सभा भइरहेको छ । साधारण सभामा बैंकले यसपटक अधिकृत पुँजी आठ अर्ब बाट बढाएर १० अर्ब पु¥याउने प्रस्ताव पेस गरिएको छ । साधारण सभाले १९ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी काठमाडौंमा बिहान १० बजेदेखि सुरु भएको हो । सभामा बैंकले पुँजी वृद्धि गर्न थप सार्वजनिक निष्कासन गर्ने प्रस्ताव पनि पेस गरेको छ । 
 
साधारण सभा गर्न एनएमबिले पुस ७ गते देखि आइतबारसम्म नै सेयरधनी दर्ता किताब बन्द गरेको छ । हाल पाँच अर्ब ४३ करोड ६२ हजार रुपैयाँ चुक्ता पुँजी रहेको एनएमबिले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ करोड ३६ लाख ८५ हजार रुपैयाँ खुद नाफा कमाएको छ । प्रतिसेयर आम्दानी ३१ रुपैयाँ ४६ पैसा रहेको एनएमबिको प्रतिसेयर नेटवर्थ भने एक सय ७७ रुपैयाँ २९ पैसा छ ।