Market Closed

नेपाल पुनर्बीमा कम्पनीमा कारोबार सुरु भएको ४० मिनेटमै नकारात्मक सर्किट

29 Jun,2020
  • NEPSE_building_6_11_2020_6_06_37_6_29_2020_12_37_41.jpg
नेपाली पैसा

काठमाडौं  : नेपाल पुनर्बीमा कम्पनीको सेयरमा कारोबार सुरुवात भएको दिनमै नकारात्मक सर्किट ब्रेक लागेको छ । सुरुवाती ४० मिनेटमानै यस कम्पनीको सेयरमूल्य १०% घटेर ३८२ रुपैयाँमा कारोबार झरेको छ । कम्पनीको ४२४ रुपैयाँमा पहिलो कारोबार भएको थियो ।  लामो समयदेखि बन्द रहेको सेयर बजार सोमबारबाट खुला भएको हो । 
 
कम्पनीले गत चैत ४ देखि ७ गतेसम्म प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण सेयर निष्कासन खुला गरेको थियो । यसले कुल पुँजी १० अर्ब रुपैयाँको १६% ले हुन आउने १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्कासन गरेको थियो । आइपीओ बाँडफाँड भने लक डाउनमै अर्थात चैत २६ गते भएको थियो ।
 

Post Your Comment