प्रिमियर इन्स्योरेन्सको बोनस शेयर पारित

31 Mar,2016
  • PIC_4_1_2016_4_48_23.png

चैत १७, काठमाडौं (अस) । प्रिमियर इन्स्योरेन्स कम्पनीको २२औं वार्षिक साधारणसभाले ३० प्रतिशत बोनस शेयर र कर प्रयोजनाका लागि नगद लाभांश प्रस्ताव पारित गरेको छ । बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी ३७ करोड ३७ लाख रुपैयाँ पुग्ने भएको हो ।

सभाले सर्वसाधारण शेयरधनीको तर्फ (ग समूह) बाट केदारनारायण मानन्धर र बलराम श्रेष्ठलाई सञ्चालकमा निर्विरोध चयन गरेको छ । कम्पनीले गत वैशाखमा आएको भूकम्पपछि परेको कुल दाबी ८ सय ७७ मध्ये ८१ प्रतिशत (रू.८० करोड) भुक्तानी गरिसकेको छ । कम्पनीले गत आवमा ७४ करोड बीमा शुल्क र १३ करोड खुद मुनाफा आर्जन गरेको छ ।