प्रिमियर इन्सुरेन्सले २० प्रतिशत बोनस दिने, लोभ लाग्दो छ प्रतिसेयर आम्दानी

26 Oct,2016
  • premier-insurance-company-limited-Nepal_10_26_2016_1_05_14.jpg
नेपाली पैसा 
 
काठमाडौं : प्रिमियर इन्सुरेन्सले २० प्रतिशत बोनस सेयर दिने भएको छ । 
 
कम्पनीको मंगलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई २० प्रतिशत बोनससहित कर तिर्न १.०५ प्रतिशत नगद लाभांशसमेत दिने निर्णय गरेको हो । 
 
कम्पनीको निर्णयमा नियामक बिमा समिति र साधारण सभाबाट भने अनुमोदन गराउन बाँकी छ । प्रिमियरले गत आर्थिक वर्षमा १८ करोड ५७ लाख २७ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । 
 
यो कम्पनीको चुक्ता पुँजी ३७ करोड ३७ लाख ५३ हजार रूपैयाँ अनि जगेडा कोषमा ११ करोड ४६ लाख ९९ हजार रूपैयाँ रहेको छ ।
 
 प्रिमियरको बिमा कोषमा पनि २६ करोड रूपैयाँको भइसकेको छ । प्रिमियरको प्रतिसेयर आम्दानी ४९.६९ रूपैयाँ छ ।