प्राइम लाइफ इन्स्योरेन्स कं. लि. : कम्पनी विश्लेषण

02 Apr,2016
  • prime2_4_3_2016_11_44_40.png


कम्पनीको २०७२/७३ आवको दोस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा ४६ दशमलव ३७ प्रतिशत बढेको छ । आय १० दशमलव ५८ प्रतिशत बढेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्यूट्रल जोन (४२ स्केल)मा छ । खरीद विक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन १९ दशमलव २१ बिन्दुमा छ । यसले उतारचढाव सामान्य रहेको देखाउँछ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्य रेखा र ७ दिने मूल्य रेखा एकअर्कासँग नजिकिँदै गएका छन् । हालको मूल्य २१ दिने रेखाभन्दा माथि छ भने ७ दिने रेखा र ट्रेण्ड लाइनभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ६ सय ८५ मा टेवा र मूल्य महँगिएमा रू. १ हजार ७ सय १० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको आव २०७१/७२ र आव २०७२/७३ को दोस्रो त्रैमासिक वित्तीय विवरणबीच तुलना

- कम्पनीको दोस्रो त्रैमासमा खुद नाफा बढेर रू. ६ करोड ८२ लाख पुगेको छ । आम्दानी ३५ दशमलव २३ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ९ दशमलव ५४ प्रतिशतबाट बढेर १४ प्रतिशत पुगेको छ ।

- जगेडा कोष २० दशमलव २१ प्रतिशत बढेर रू. ५६ करोड ४७ लाख पुगेको छ ।

- नाफा नोक्सान हिसाबमा आम्दानी ३५ दशमलव २३ प्रतिशत बढेर रू. ९ करोड ६८ लाख र व्यवस्था तथा खर्चहरू १४ दशमलव ४५ प्रतिशत बढेर रू. २ करोड ८५ लाख पुगेको छ ।

- व्यय ९ दशमलव ३३ प्रतिशतले बढेर रू. ७३ करोड ६२ लाख पुगेको छ ।

- चालू सम्पत्ति कर्जा तथा पेश्कीहरू ४३ प्रतिशत र चालू दायित्व तथा व्यवस्थाहरू १२ दशमलव ५१ प्रतिशत बढेको छ ।

- गत आवमा रू. ६० करोड ८३ लाख कुल बीमाशुल्क आर्जन रकम रहेको यस कम्पनीको चालू आवमा भने १६ दशमलव ८० प्रतिशत बढेर रू. ७१ करोड ५ लाख पुगेको छ ।

- कम्पनीको भुक्तानी हुन दाबी सङ्ख्या १६ प्रतिशत घटेर ५ सय ३५ मा सीमित भएको छ ।

- कम्पनीको दोस्रो त्रैमासिक विवरणमा उल्लेख भएअनुसार आम्दानीका आधारमा प्रतिशेयर आम्दानी रू. २८ र पीई रेशियो ५६ गुणा छ । हालको शेयर मूल्य नेटवर्थको करीब ८ गुणा मात्र छ ।