प्राइम लाइफको कुल बीमा शूल्क आर्जन करीब १२ प्रतिशत वृद्धि

18 Aug,2015
  • prime_life_2_8_18_2015_12_29_22.jpg
भदौ ०१, काठमाडौँ । प्राइम लाइफ इन्स्योरेन्सको असार मसान्त सम्ममा खुद मुनाफा रू.७  करोड २० लाख रहेको छ । यो अघिल्लो आवको तुलनामा २५ दशमलव ८५ प्रतिशत कम हो । कम्पनीको चालु सम्पक्ति कर्जा तथा पेश्की ३० दशमलव ४० प्रतिशत र चालु दायित्व तथा व्यवस्था १४ दशमलव ४३ प्रतिशत बढेको छ । कूल बीमा शुल्क आर्जन रकम ११ दशमलव ८५ प्रतिशत बढेको छ भने कुल कायम रहेका बीमालेख सङ्ख्या २ दशमलव ५५ प्रतिशत कम भएको छ । त्यसैगरी कुल दावी भुक्तनी रकम ३ दशमलव ५० प्रतिशत र कुल दावी भुक्तानी सङ्ख्या २३ प्रतिशत बढेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी रकम ८५ दशमलव ८१ प्रतिशत बढेको छ ।