प्राइम लाइफ इन्स्योरेन्सको खुद मुनाफा ५६ प्रतिशत वृद्धि

15 Nov,2015
  • prim_11_15_2015_1_06_20.jpg
कात्तिक २९, काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको असोज मसान्तसम्ममा खुद मुनाफा रू.२ करोड ६४ लाख पुगेको छ । यो गत आवको पहिलो त्रैमाशको तुलनामा ५६ प्रतिशत बढी हो । कम्पनीको चालु आवमा चालु सम्पत्ति कर्जा तथा पेश्की ३५ प्रतिशत र चालु दायित्व तथा व्यवस्था १२ प्रतिशत बढेको छ । चालुु आवमा कुल बीमा शूल्क आर्जन रकम १९ प्रतिशत र कुल कायम रहेको बिमालेखको संख्या १४ प्रतिशत बढेको छ । कम्पनीको चालु आवमा कुल दावी भुत्तानी रकम १५ प्रतिशत बढेको छ भने कुल दावी भुत्तानी संख्या २ सय ३४ रहको छ । समिक्षा अवधिमा कम्पनीको भुक्तानी हुन बाँकी दावी रकम ८८ प्रतिशत बढेको छ । त्यसैगरी भुक्तानी हुन बाँकी दावी संख्या ५५ रहेको छ ।