प्रोग्रेशिभ फाइनान्स : कम्पनी विश्लेषण (सोमवार, १७ असोज २०७३)

03 Oct,2016
  • progressive_finance_10_3_2016_2_00_59.jpg

२०७२/७३ आवको चौथो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ४२ गुणा नाफा बढेको छ । कम्पनी पछिल्लो समयमा रहेको रू. ४६ लाख ११ हजार खराब कर्जा उठाउन सफल भएको छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती विश्लेषण : अन्तिम दिनमा ‘इन्भर्टेड ह्यामर’ आकृति बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य बुलिश प्रवृत्तिमा रिभर्स हुने सङ्केत गर्दछ ।

आरएसआई : न्युट्रल जोन (३७ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १३ दशमलव ४२ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकै ठाउँमा आएका छन् । यो अवस्थामा सातदिने रेखाले २१ दिनेलाई माथिबाट काट्यो भने मूल्य घट्छ । हालको मूल्य २१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा टेण्ड लाइनभन्दा तल छ । हालको विन्दुबाट मूल्य सस्तिएमा रू. २ सय  २० मा टेवा पाउने र मूल्य महँगिएमा रू. २ सय ३२ मा प्रतिरोध पाउने सङ्केत देखिन्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- कम्पनीको चोथौ त्रैमासमा खुद नाफा ४२ गुणा बढेर रू. २ करोड ५६ लाख पुगेको छ । पुरानो खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन हुनाले खुद नाफा बढेको हो ।

- अघिल्लो आवमा रू. २ करोड १३ लाख घाटामा रहेको जगेडा गत आवमा भने सुधारिएर रू. ३ लाख ३८ हजार नाफामा गएको छ ।

- ब्याज आम्दानी ६ दशमलव ७१ प्रतिशत घटेको छ भने ब्याज खर्च ३ दशमलव ३१ प्रतिशत बढेकोे छ ।

- कर्मचारी खर्च २१ दशमलव ४६ प्रतिशत र अन्य सञ्चालन खर्च २१ दशमलव ४६ प्रतिशत घटेको छ भने कुल सञ्चालन आम्दानी ४ दशमलव ८४ प्रतिशत बढेको छ ।

- सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ४० दशमलव ४५ प्रतिशत घटाएर रू. १ करोड ३५ लाखमा सीमित भएको छ ।

- स्थिर सम्पत्ति साढे २ गुणा बढेको छ भने अन्य सम्पत्ति ३४ दशमलव ५६ प्रतिशत बढेको छ ।

- निष्क्रिय कर्जा १ दशमलव १७ प्रतिशत, पूँजीकोष लागत ६ दशमलव ४१ प्रतिशत र पूँजीकोष पर्याप्तता ३८ प्रतिशत रहेको छ ।

- कम्पनीकोे चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपाता ५२ गुणा, प्रतिशेयर आम्दानी रू. १२ दशमलव ८३ र मूल्य आम्दानी अनुपात २४ गुणा छ । सो आम्दानी र शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो ९ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको २ गुणा छ ।