आरएसडीसी लघुवित्तको आइपीओ बाँडफाँट, धेरै पाउनेको हातमा जम्मा १४ कित्ता

16 Oct,2016
  • initial-public-offering1_10_16_2016_4_19_27.jpg
नेपाली पैसा 
काठमाडौं : आरएसडीसी लघुवित्तको आइपीओ आइतबार बाँडफाँट गरिएको छ । 
 
पाँच हजारदेखि दुई लाख ५५ हजार रूपैयाँसम्म लगानी गर्नेलाई चिठा प्रणालीमा लगिएको छ । चिठा पार्नेले जम्मा १० कित्ता पाएका छन् । यसैगरी, अधिकतम सेयर पाउनेको हातमा १४ कित्ता परेको छ । 
 
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडका मर्चेन्ट बैंकिङ प्रमुख बद्री प्याकुरेलले आवेदक अत्याधिक बढी भएपछि दुई लाख ५५ हजार रूपैयाँसम्म लगानी गर्नेलाई चिठा प्रणालीबाट बाँडफाँट गरिएको जानकारी दिए । 
 
आरएसडीसीले चार अर्ब रूपैयाँको आइपीओ निष्कासन खुला गरेको थियो । यमा आठ अर्ब २९ करोड रूपैयाँको आवेदन परेको थियो । 
 
बिक्री प्रबन्धक एनआइबीएल क्यापिटल लिमिटेडका अनुसार यो आइपीओमा एक लाख ५८ हजार जनाले आवेदन दिएका थिए । 
 
चार अर्बमा पनि कर्मचारीको भागमा आठ हजार कित्ता अनि सामूहिक लगानी कोष कम्पनीहरूलाई २० हजार कित्ता दिइएको छ ।  
 
सर्वसाधरणलाई छुट्याइएको जम्मा तीन करोड ७२ लाख रूपैयाँको तीन लाख ७२ हजार कित्तामात्र हो । भदौ पहिलो साता आइपीओ बिक्री खुला गरिएको थियो ।