सानिमा बैंकको एक लाख ७८ हजार कित्ता सेयर लिलामीमा, असोज ९ देखि १६ गतेभित्र बोलपत्र पेस गरिसक्नुपर्ने

22 Sep,2016
  • sanima-bank_1_9_22_2016_12_25_18.jpg
 नेपाली पैसा 
काठमाडौं : सानिमा बैंकले सर्वसाधारण समूहको एक लाख ६८ हजार ५३१.९७ कित्ता हकप्रद सेयर लिलामीमा बिक्री गर्ने भएको छ । 
 
बैंकले यसअघि जारी गरेको हकप्रद सेयर पूरै बिक्री नभएपछि बोलकबोल माध्यमबाट बिक्री गर्न लागेको हो । 
 
असोज ९ देखि बोलपत्र पेस गर्न सुरू हुनेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति असोज १६ गते तोकिएको छ । 
 
बैंकका अनुसार लगानीकर्ताले आफूले किन्न चाहेको कित्ता र भाउ गोप्य शिलबन्दी बोलपत्रका माध्यमबाट असोज १६ सम्ममा बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडमा पेस गरिसक्नुपर्नेछ ।