सानिमा बैङ्कको खुद नाफा ५३ प्रतिशतले बढ्यो

24 Oct,2016
  • sanima_10_24_2016_12_44_25.png
कात्तिक ८, काठमाडौं (अस)  । सानिमा बैङ्क लिमिटेडको २०७३/७४ आवको पहिलो त्रैमासमा खुद मुनाफा रू. २७ करोड १६ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा ५३ दशमलव ५९ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन नाफा ६७ दशमलव  ७२ प्रतिशतले बढेर रू. ४४ करोड ७४ लाख र कर्जा तथा सापटी ४७ प्रतिशले बढेर रू. ४४ अर्ब पुगेको छ ।
बैङ्कको  सञ्चालन नाफा र कर्जा तथा सापटी बढ्नाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।  गत आवमा रहेको रू. १४ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ । कम्पनीकोे पहिलो आवमा  निष्कृय कर्जा शून्य दशमलव शून्य ५ प्रतिशत पुगेको छ ।
सानिमा  बैङ्कको खुद नाफा ५३ प्रतिशतले बढ्यो