सहयोगी विकास बैङ्कको खुद मुनाफा ९३ प्रतिशतले बढ्यो

07 Nov,2015
  • sahayogi_11_7_2015_1_58_56.png
कात्तिक २१, काठमाडौं । सहयोगी विकास बैङ्कको असोज मसान्तसम्म खुद मुनाफा रू. ६५ लाख १७ हजार पुगेको छ । यो गत आवको पहिलो त्रैमासको तुलनामा ९३ प्रतिशत बढी हो । बैङ्कले सोही अवधिको तुलनामा लगानी २ सय ३६ प्रतिशतले बढाएपछि खुद मुनाफा बढ्नमा टेवा पुगेको हो । बैङ्कको समिक्षा अवधिमा कर्जा तथा सापटी रू. १ अर्ब ७५ करोड पुगेको छ । त्यसैगरी, सञ्चालन मुनाफा ९३ प्रतिशतले बढाएर रू. १ करोड २ लाख पु¥याउन सफल भएको छ । गत आवको पहिलो त्रैमासमा ४ दशमलव २७ प्रतिशत रहेको निष्कृय कर्जा चालू आवको सोही अवधिमा शून्य दशमलव शून्य ८ प्रतिशतमा झार्न सफल भएको छ ।