सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रद कात्तिक ११ गतेदेखि खुल्ने, चुक्ता पुँजी तीन अर्ब ७७ करोड पुग्दै

06 Oct,2016
  • siddhartha_10_7_2016_11_20_54.jpg
नेपाली पैसा

काठमाडौं : सिद्धार्थ बैंकले कात्तिक ११ गतदेखि हकप्रद सेयर निष्कासन खुला गर्ने भएको छ ।

सिद्धार्थले २५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद खुला गरेको हो । यो हकप्रदको बिक्री बन्द मंसिर १५ गते हुनेछ ।

बैंकको हाल चुक्ता पुँजी तीन अर्ब दुई करोड २० लाख ७७ हजार तीन सय ३८ रूपैयाँ छ । यही चुक्ता पुँजीको २५ प्रतिशत हकप्रद बिक्री गर्न लागिएको हो ।

२५ प्रतिशत हकप्रद जारी गरेपछि बैंकको चुक्ता पुँजी तीन अर्ब ७७ करोड ७५ लाख ९६ हजार ६ सय ३९ रूपैयाँ पुग्नेछ । सिद्धार्थको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गर्दैछ ।

लगानीकर्ताले सिद्धार्थ बैंक लिमिटेड हात्तिसार, लक्ष्मी क्यापिटल लिमिटेड र सिद्धार्थ क्यापिटल लिमिटेड, अनामनगरबाट आवेदन फारम लिन र बुझाउन सक्नेछन् ।