सिद्धार्थ बैंकको २५ प्रतिशत हकप्रद भर्ने आज अन्तिम दिन, तपाई छुट्नु होला नि ?

30 Nov,2016
  • siddhartha_11_30_2016_10_56_45.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकको हकप्रद सेयर भर्ने आज अन्तिम दिन हो । 
 
आज बुधवार बैंकिङ कार्यलय समयपछि हकप्रदको आवेदन बन्द हुँदैछ । बैंकले कात्तिक ११ गतेदेखि मंसिर १५ गते सम्म हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । 
 
सिद्धार्थले प्रत्येक चार कित्त बराबर एक कित्ता (४ः१) अनुपातमा प्रतिसेयर एक सय रुपैयाँ अंकित मूल्यको ७५ लाख ५५ हजार एक सय ९३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
 
सिद्धार्थको हकप्रद सेयर गत असोज १६ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् । 
काठमाडौं हात्तिसारमा मुख्य कार्यलय रहेको यस बैकको बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले गरेको छ । 
 
लगानीकर्ताले सिद्धार्थ बैंकको मुख्य कार्यलय तथा यसका शाखा कार्यलयहरुसहित लक्ष्मी क्यापिटल लिमिटेड बानेश्वर काठमाडौं र सिद्धार्थ क्यापिटल लिमिटेड अनामनगरमा हकप्रदको आवेदन फारम लिन र बुझाउन सक्नेछन् । 
 
सिद्धार्थको गत असार मसान्तसम्ममा चुक्ता पुँजी तीन अर्ब दुई करोड २८ लाख ८१ हजार रपैयाँ रहेको छ । २५ प्रतिशत हकप्रद सेयर जारी गरेपछि चुक्ता पँुजी तीन अर्ब ७७ करोड ८६ लाख भन्दा बढी पुग्नेछ ।