सिद्धार्थको ४८.७५ प्रतिशत बम्पर बोनस, हकप्रदसमेत हिसाब गर्दा ३९ प्रतिशत

05 Dec,2016
  • siddhartha_bank_12_5_2016_11_49_57.jpg
नेपाली पैसा
 
काठमाडौं : सिद्धार्थ बैंकले लगानीकर्ताको मन जित्ने गरी ४८.७५ प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ । 
 
सिद्धार्थको बोनस सेयर हकप्रद भरेकाले पनि पाउनेछन् । हकप्रदलाई समेत हिसाब गर्दा भने लगानीकर्ताको भागमा ३९ प्रतिशत बोनस सेयर पर्नेछ । 
 
बैंक सञ्चालक समितिको मंसिर १९ मा बसेको बैठकले गत वर्षको नाफाबाट लगानीकर्तालाई यस्तो आकर्षक लाभांश प्रस्ताव गरिएको हो ।  सिद्धार्थले केही समयअघिमात्र २५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको छ ।

यही २५ प्रतिशत हकप्रद भर्नेलाई समेत हिसाब गर्दा लगानीकर्ताको भागमा ३९ प्रतिशत बोनस सेयर भर्ने भएको हो ।  बोनस बाँडेर राष्ट्र बैंकले तोकेको प्रावधान अनुसार आठ अर्बको तयारीमा बैंक लागेको हो ।