सिद्धार्थ बैंकको ७३ लाख ९६ हजार कित्ता हकप्रद सेयर यसरी भयो बाँडफाँड

09 Jan,2017
  • siddhartha_bank_1_9_2017_10_44_07.jpg
नेपाली पैसा 
 
काठमाडौं : सिद्धार्थ बैंकको हकप्रद सेयर बाँडफाँड भएको छ । बैंकले एक सय रूपैयाँ अंकित मूल्यको ४ः१ अनुपातमा ७५ लाख ५५ हजार १९३ कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । यही सेयर अहिले बाँडफाँड गरिएको हो । यो सेयरमा कुल २१ हजार ४३१ जनाले आवेदन दिएका थिए । जसमध्ये ७३ लाख ९६ हजार ६७५.१० कित्ता बाँडफाँड भएको छ । यो तथ्यांकले सेयरहोल्डर सबै जनाले यसमा आवेदन नगरेको देखाउँछ । 
 
हकप्रद बिक्री नभएको सेयर टेन्डरमार्फत बिक्री गरिंदैछ । यो सेयरमा असोज १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन पाएका थिए । सिद्धार्थ बैंकले कात्तिक ११ देखि मंसिर १५ गतेसम्म हकप्रद सेयर बिक्री खुला गरेको थियो । यसमा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल लिमिटेड रहेको छ ।