सेती फाइनान्सको वार्षिक साधारण सभा

01 Mar,2016
  • seti_3_1_2016_12_27_05.jpg
 
फागुन १८, काठमाडौं । सेती फाइनान्स लिमिटेडको दशौं वार्षिक साधारण सभा चैत्र २० गते टिकापुर उद्योग वाणिज्य सघं सभाहल, टिकापुर कैलालीमा हुने भएको छ । सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने, १४ प्रतिशत बोनश शेयर , ७ जना सञ्चालकहरुको निवार्चन गर्ने, एक बराबर एक दशमलव ५ (१ः१.५) को अनुपातमा हकप्रद शेयर जारी गर्ने र मर्जरलाई निरन्तरता दिने सम्बन्धी प्रस्ताव साधारण सभामा लगिदैंछ । यस सभा प्रयोजनको लागि शेयरधनी दर्ता किताब चैत्र ५ गते देखि चैत्र २० गते सम्म बन्द हुने भएको छ ।