चिलिमेले झन्डै ३१ करोड कमाउँदा सानिमा माईले चाहिँ के गर्यो नि ?

14 Nov,2016
  • chilime-_11_14_2016_5_18_38.jpg
नेपाली पैसा 
 
काठमाडौं : चिलिमे हाइड्रोपावर कम्पनीले ३० करोड ७३ लाख ७५ हजार रूपैयाँ खुद नाफा कमाएको छ । 
 
कम्पनीको नाफा गत वर्षको तुलनामा केही तल झरेको देखिन्छ । चिलिमले गत वर्ष यही बेला ३१ करोड ७८ लाख नौ हजार रूपैयाँ खुद नाफा कमाएको थियो । नाफा घटे पनि चिलिमको रिजर्भ कोष भने लोभ लाग्दो छ । 
 
कम्पनीको वित्तीय विवरणमा देखाइए अनुसार तीन अर्ब १३ करोड ४४ लाख ७७ हजार रूपैयाँ सेयर क्यापिटल रहेको चिलिमेको रिजर्भ कोषमा चार अर्ब ६३ करोड ९० लाख ९७ हजार रूपैयाँ जम्मा भइसकेको छ । 
 
कम्पनीले विद्युत बिक्रीबाट ३६ करोड रूपैयाँभन्दा बढी आम्दानी गर्न सफल भएकोछ । चिलिमेको प्रतिसेयर आम्दानी ३९.२४ पैसा हुँदा प्रतिसेयर नेटवर्थ २४८ रूपैयाँ छ । 
 
 
सानिमा माई हाइड्रोपावर 
 
सानिमा माई हाइड्रोपावर लिमिटेडले प्रतिसेयर आम्दानी १६ रूपैयाँ १५ पैसा निकालेको छ ।
 
कम्पनी क्रमशः नाफामा जान थालेपछि प्रतिसेयर आम्दानी राम्रो हुँदै गएको हो । प्रतिसेयर आम्दानीसँगै कम्पनीको नेटवर्थमा पनि सुधार हुन थालेको छ । 
 
वित्तीय विवरण अनुसार असोज मसान्तसम्म आइपुग्दा सानिमा माईको प्रतिसेयर नेटवर्थ ११७ रूपैयाँ पुगेको छ । कम्पनीले १७ करोड रूपैयाँभन्दा बढी खुद नाफा कमाएको छ ।