साना किसान विकास बैङ्क : कम्पनी विश्लेषण (बिहीवार, ४ कात्तिक २०७३)

20 Oct,2016
  • sana_kisan_bikas_bank_resize_10_20_2016_11_22_57.jpg

२०७२/७३ आवको असार मसान्तसम्मको वित्तीय विवरणअनुसार खुद नाफा ४५ प्रतिशत बढेको छ । जगेडा कोष ३१ प्रतिशत बढेर रू. ९१ करोड ६१ लाख पुगेको छ ।

प्राविधिक विश्लेषण
आरएसआई : न्युट्रल जोन (३४ दशमलव ८१ स्केल)मा छ । खरीदविक्री चाप सन्तुलनमा रहेको छ । स्ट्याण्डर्ड डेभिएशन : १४ दशमलव ९९ विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।

मुभिङ एभरेज : ७ दिने औसत मूल्यरेखा र २१ दिने औसत मूल्य रेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको शेयरमूल्य ट्रेण्ड लाइनभन्दा माथि छ भने २१ दिने रेखा र ७ दिने रेखाभन्दा तल रहेको छ । हालको बिन्दुबाट मूल्य सस्तिएमा रू. १ हजार ६ सय ७२ मा टेवा पाउने सङ्केत देखिन्छ । मूल्य महँगिएमा रू. १ हजार ७ सय ६० मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार २०७१/७२ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको चौथो त्रैमासमा नाफा ४५ प्रतिशत बढेर रू. ४८ करोड ७५ लाख पुगेको छ । सञ्चालन नाफा ३५ दशमलव ८४ प्रतिशत र खुद ब्याज आम्दानी ३५ दशमलव ८१ प्रतिशत बढ्नाले खुद नाफा बढेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ५३ दशमलव ४३ प्रतिशतबाट बढेर ५५ दशमलव ५३ प्रतिशत पुगेको छ ।

- ब्याज आम्दानी ३४ दशमलव ६५ प्रतिशत र ब्याज खर्च ३२ दशमलव ५६ प्रतिशत बढेको छ ।

- कर्मचारी खर्च २० दशमलव ३६ प्रतिशत र कुल सञ्चालन नाफा ३५ दशमलव ८४ प्रतिशत बढेको छ । अन्य सञ्चालन खर्च ६ दशमलव ६४ प्रतिशत घटेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम २४ दशमलव ४४ प्रतिशत बढाएर रू. ६ करोड ८३ लाख पुर्‍याएको छ ।

- पूँजी कोष लागत २ दशमलव ८९ प्रतिशत र पूँजी कोष पर्याप्तता १० प्रतिशत रहेको छ ।

- स्थिर सम्पत्ति ४६ दशमलव ६३ प्रतिशत र अन्य सम्पत्ति ४ प्रतिशत बढेको छ ।

- निष्क्रिय कर्जा शून्य दशमलव शून्य ७ प्रतिशत रहेको छ ।

- बैङ्कको चौथो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात साढे ८ गुणा, प्रतिशेयर आम्दानी रू. ५५ दशमलव ५३ र मूल्य आम्दानी अनुपात ४५ गुणा छ । सो आम्दानी र पछिल्लो शेयरमूल्यको आधारमा निकालिएको पीई रेशियो साढे ३० गुणा छ । हालको शेयरमूल्य नेटवर्थको ५ गुणा छ ।