सूर्या लाइफको हकप्रद खुल्यो, चार कित्ता हुनेले एक कित्ता भर्न पाउने

04 Aug,2016
  • surya_life_insurance_resize_8_4_2016_12_00_36.jpg
नेपाली पैसा 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले बिहीबारदेखि हकप्रद सेयर निष्कासन खुला गरेको छ । 
 
कम्पनीले ४ः१ अनुपातमा हकप्रद सेयर जारी गरको हो । हकप्रद सेयर बिक्रीका लािग कम्पनीले असार २८ मा बुक क्लोज गरेको थियो । सूर्या लाइफको हकप्रद भर्ने म्याद भदौ २२ सम्म तोकिएको छ । 
 
सूर्या लाइफले एक सय रूपैयाँ अंकित मूल्यको १२ लाख ५० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । 
 
हाल यो इन्सुरेन्सको चुक्ता पुँजी ५० करोड रूपैयाँ छ । हकप्रद जारीपछि चुक्ता पुँजी ६२ करोड ५० लाख रूपैयाँ पुग्नेछ । 
 
नियामक बिमा समितिले बिमा कम्पनीको चुक्ता पुँजीमा भारीमात्रामा वृद्धि गर्ने तयारी गरेपछि सूर्या लाइफले पनि त्यसैको तयारीस्वरुपः पुँजी वृद्धिको रणनीति बनाएको हो । 
 
कम्पनीको हकप्रदमा बिक्री प्रबन्धकको काम लक्ष्मी क्यापिटल लिमिटेडले गरेको छ । सूर्या लाइफको हाल जीवन बिमा कोषमा एक अर्ब ६६ करोड २७ लाख ७३ हजार रूपैयाँ रहेको छ ।
 
 आर्थिक वर्ष २०७४–७५ सम्ममा जीवन बिमा कोषको आकार चार अर्ब २३ करोड २२ लाख ६२ हजार रूपैयाँ पुर्याउने प्रक्षेपण गरिएको छ ।
 
यसैगरी, कम्पनीको जगेडा कोषमा हाल १९ करोड ७८ लाख ७४ हजार रूपैयाँ जम्मा भएको छ । आर्थिक वर्ष २०७४–७५ सम्ममा जगेडा कोषमा ४० करोड ८९ लाख ५८ हजार रूपैयाँ पुर्याउने कम्पनीको योजना रहेको छ । 

सूर्या लाइफ इन्सुरेन्सको हकप्रद सेयर निष्कासन सम्बन्धी सूचना