सन्राइज बैङ्कको ९ औं साधारण सभा

26 Sep,2016
  • sunrise_9_26_2016_12_32_57.jpg
असोज १०, काठमाडौं । सन्राइज बैङ्क लिमिटेडको नवौं वार्षिक साधारण सभा कार्तिक ७ गते अमृतभोग क्याटरर्स , कालिकास्थानमा हुदैछ । सभाको विशेष प्रस्तावमा ३३ दशमलब ३३ प्रतिशत बोनस वितरण गर्ने रहेको छ । साथै, बोनस शेयर वितरण पछि कायम हुने चुक्ता पुँजीको ३० प्रतिशत  हकप्रद शेयर जारी गर्ने प्रस्ताब पनि रहेको छ । कम्पनीको शेयरधनी दर्ता पुस्तिका असोज १७ गते देखी कार्तिक ७ गते सम्म बन्द रहने छ ।