सनराइज बैङ्कको खुद नाफा २ गुणाले बढ्यो

23 Oct,2016
  • sunrise_bank_resize_10_23_2016_4_04_14.jpg

कात्तिक ७, काठमाडौं (अस) । सन्राइज बैङ्क लिमिटेडको २०७३/७४ आवको पहिलो त्रैमासमा खुद मुनाफा रू. २५ करोड ३१ लाख पुगेको छ । यो अघिल्लो आवको तुलनामा १ सय १४ प्रतिशतले बढी हो । कम्पनीको सञ्चालन नाफा ९१ प्रतिशतले बढेर रू. ३० करोड ४९ लाख र कर्जा तथा सापटी ५८ प्रतिशले बढेर रू. ४६ अर्ब पुगेको छ ।

बैङ्कको  सञ्चालन नाफा र कर्जा तथा सापटी बढ्नाले खुद नाफा बढ्नमा टेवा पुगेको हो ।  गत आवमा रहेको रू.७ करोड २३ लाख खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ । कम्पनीकोे पहिलो आवमा  निष्कृय कर्जा १ दशमलव  ६९ प्रतिशत पुगेको छ ।