सनराइजले एनआइडीसी एक्वायर प्रस्ताव पारित गर्न पुस २५ मा बोलायो विशेष साधारण सभा

23 Dec,2016
  • Sunrise_Bank_12_23_2016_4_59_56.jpg
नेपाली पैसा 
 
काठमाडौं : सनराइज बैंकले एनआइडीसी क्यापिटल मार्केट्सलाई एक्वायर गर्ने प्रस्ताव पारित गर्न पुस २५ मा विशेष साधारण सभा बोलाएको छ । 
 
एनआइडीसी क्यापिटल मार्केट्ससँग स्वाप रेसियो ६५ प्रतिशत कायम गरिएको छ । यस आधारमा एनआइडीसी क्यापिटलको एक सय कित्ता सेयर हुनेले अब सनराइजको ६५ कित्ता सेयर पाउनेछन् । 
 
सनराइजसँग गाभिन लागेको एनआइडीसीले पनि पुस २५ मै विशेष साधारण सभा बोलाएको छ । एनआइडीसीले आफ्नै केन्द्रीय कार्यालय कमलपोखरीमा बिहान १० बजे सभा बोलाएको छ ।  

उता, सनराइजले भने बिहान ११ बजे अमृत भोग, कालिकास्थानमा विशेष साधारण सभा डाकेको छ ।