त्रिवेणी विकास बैङ्क : कम्पनी विश्लेषण (आइतवार, २१ कात्तिक २०७३)

06 Nov,2016
  • triveni_bikas_bank_resize_new_11_6_2016_11_53_04.jpg

२०७३/७४ आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद नाफा ८० दशमलव  ४७ प्रतिशत बढेर रू. २ करोड ४९ लाख पुगेको छ । बैङ्कले २ बराबर १ अनुपातमा कात्तिक २३ गतेदेखि हकप्रद शेयर जारी गर्दै छ ।

प्राविधिक विश्लेषण
मैनबत्ती बिश्लेषण : अन्तिम २ दिनमा मिटिङ लाइन बुलिश बनेको छ । यसले आगामी दिनमा शेयरमूल्य बढ्ने सङ्केत गर्छ ।

आरएसआई : ओभर सोल्ड जोन (१८ दशमलव ८८ स्केल)मा छ । विक्री चाप बढेको छ ।

स्ट्याण्डर्ड डेभिएशन : ७ दशमलव ७० विन्दुमा छ । उतारचढाव सामान्य रहेको छ ।


 
मुभिङ एभरेज : 
२१ दिने औसत मूल्यरेखा र सातदिने औसत मूल्यरेखा एकअर्कासँग टाढिँदै गएका छन् । हालको मूल्य सातदिने औसत मूल्यरेखा, ट्रेण्ड लाइन र २१ दिने मूल्य रेखाभन्दा तल छ । हालको बिन्दुबाट मूल्य महँगिएमा रू. ३ सय ६५ मा प्रतिरोध पाउन सक्छ ।

आधारभूत विश्लेषण
कम्पनीको पहिलो त्रैमासिक वित्तीय विवरणअनुसार २०७३/७४ आर्थिक वर्ष र २०७२/७३ आर्थिक वर्षबीच तुलना गर्दा :
- बैङ्कको पहिलो त्रैमासमा नाफा ८० दशमलव ४७ प्रतिशत बढेर रू. २ करोड ४९ लाख पुगेको छ । खुद ब्याज आम्दानी ५९ दशमलब ७८ प्रतिशत र सञ्चालन नाफा ८५ दशमलब ८४ प्रतिशत बढ्नाले खुद नाफा बढ्न टेवा पुगेको हो ।

- चुक्ता पूँजीको तुलनामा खुद नाफा ५३ दशमलव ५६ प्रतिशतबाट घटेर ३२ दशमलव ८८ प्रतिशतमा सीमित भएको छ  ।

- जगेडा कोष २ गुणा बढेर रू.४४ करोड ४२ लाख पुगेको छ ।

- ब्याज आम्दानी १८ दशमलव ८८ प्रतिशत बढेर रू. २० करोड ९० लाख पुगेको छ भने ब्याज खर्च शून्य दशमलब ४९ प्रतिशत घटेर रू. ११ करोड ८७ लाखमा सीमित भएको छ ।

- कर्मचारी खर्च ३२ दशमलव ४१ प्रतिशत, कुल सञ्चालन नाफा ६७ दशमलव ८३ प्रतिशत, अन्य सञ्चालन खर्च १७ दशमलव ८२ प्रतिशत बढेको छ ।

- स्थिर सम्पत्ति ५२ दशमलब १० प्रतिशत बढेर रू. २२ करोड र अन्य सम्पत्ति २३ दशमलब ७५ प्रतिशत  बढेर रू. ३७ करोड पुगेको छ ।

- बैङ्कले सम्भावित जोखीमबापतको व्यवस्थामा रकम ३ गुणा बढाएर  ३ करोड ७ लाख पु¥याइएको छ  ।

- गत अवमा रहेको २९ लाख ८० हजार खराब कर्जा उठाउन बैङ्क व्यवस्थापन सफल भएको छ ।

- बैङ्कको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार तरलता अनुपात २२ दशमलब ९७ गुणा, प्रतिशेयर आम्दानी १२ दशमलव १६ र मूल्य आम्दानी अनुपात ४१ गुणा छ । हालको शेयरमूल्य नेटवर्थको २ गुणा छ ।