Market Closed

युनाइटेड इन्सुरेन्सको २४०% हकप्रद भदौ ३ गतेबाट खुल्ने, कति पुग्छ पुँजी ?

02 Aug,2019
  • united-insurance-company-(nepal)3_21_6_17_2018_1_20_09.jpg
नेपाली पैसा
 
काठमाडौं : युनाइटेड इन्सुरेन्सको भदौ ३ गतेबाट २४०% (१ः२.४ अनुपातमा) हकप्रद सेयर खुला हुने भएको छ । कम्पनीले ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । असोज ६ गतेसम्म यस हकप्रदमा आवेदन दिन सकिनेछ । यसमा बिक्री प्रबन्धकको काम एनएमबी क्यापिटलले गर्नेछ ।
 
युनाइटेडले १०० रुपैयाँका दरले कुल ७२ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको हकप्रद निष्कासन गर्न लागेको हो । युनाइटेडले हाल कायम चुक्ता पुँजी ३० करोड २४ लाख रुपैयाँबाट उक्त हकप्रद निष्कासन गर्न लागेको हो । हकप्रद बिक्रीपछि चुक्ता पुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्नेछ । हकप्रद प्रयोजनका लागि युनाइटेडले मंगलबार (साउन १४ गते) बुक क्लोज गरेको हो । सोमबार (साउन १३ गते) सम्म कायम सेयरधनी मात्र हकप्रद भर्न योग्य हुनेछन् ।
 
हकप्रद बिक्रीपछि पुँजी संरचना संस्थापक र सर्वसाधारणको ६०ः४० अनुपातमा हुने कम्पनीले जनाएको छ । यो हकप्रदलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले औसत भन्दा कम आधार जनाउने ग्रेड ४ रेटिङ प्रदान गरेको छ । हकप्रद बिक्रीबाट प्राप्त हुने रकममध्ये सरकारी र सरकारको जमानत प्राप्त सेक्युरेरिटी, पब्लिक कम्पनीको साधारण सेयर, नेपाल पुनर्बीमा, वाणिज्य बैंक र बिकास बैंकको मुद्दति निक्षेप र अन्य केही क्षेत्रमा लगानी हुने कम्पनीको भनाई छ ।
 
युनाइटेड इन्सुरेन्सको सम्पूर्ण शाखा तथा बिक्री प्रबन्धक एनएमबी क्यापिटलबाट हकप्रदमा आवेदन दिन सकिनेछ । यस्तै, एनएमबी बैंकका कार्यालयहरुबाट पनि आवेदन दिन सकिनेछ । गुडविल फाइनान्सको कार्यालय हात्तिसार, डिल्लीबजार, इन्द्रचोक, कुमारीपाटी शाखाबाट फारम पाइनेछ । कुपन्डोल, चावहिल र च्याम्हासिंहको सेन्ट्रल फाइनान्सको शाखाबाट र सी–आस्वा सदस्यता लिएका बैंक तथा वित्तीय संस्थाहरुबाट हकप्रद भर्न पाइने पनि कम्पनीले जनाएको छ ।

Post Your Comment