Market Closed

सबैभन्दा महँगो सेयर भएको युनिलिभर नेपालको प्रगति कस्तो ?

13 Feb,2020
  • Uniliver-nepal-____2_8_2018_10_38_31_5_11_2018_11_36_31.jpg
नेपाली पैसा 
 
काठमाडौं : युनिलिभर नेपालले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २३ करोड ७५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको भन्दा २५.९४% ले थोरै हो । गत वर्ष कम्पनीले ३२ करोड लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीका अनुसार बजारमा युनिलिभरसँग मिल्दोजुल्दो हुने किसिमका थुप्रै नक्कली सामाग्री भित्रिएका छन् ।

कतिपय उपभोक्ता झुक्किएर ती नक्कली सामान पनि खरिद गरिरहेका छन् । सौन्दर्य तथा यस कम्पनीसँग मिल्दोजुल्दो नक्कली सामान भित्रिनुले व्यापारमा थप समस्या उत्पन्न गराएको छ । कम्पनीको यस अवधिमा अन्य स्रोतहरुबाट हुने आम्दानी पनि १४ करोड ६३ लाख रुपैयाँबाट घटेर ३ करोड ९७ लाख रुपैयाँमा खुम्चिएको छ । अन्य स्रोतहरुबाट हुने आम्दानी घटेपछि कम्पनीको मुख्य नाफा घटेको हो । 
 
कम्पनीका समग्र उत्पादन तथा बिक्री भने १ अर्ब २४ करोड रुपैयाँबाट बढेर १ अर्ब ५६ करोड ९९ लाख रुपैयाँ पुगेको छ । हाल युनिलिभरको सेयर पुँजी ९ करोड २१ लाख रुपैयाँ छ । यसको रिजर्भ कोष (रिटेन्ड अर्निङ) मा २ अर्ब ७२ लाख रुपैयाँ जम्मा भएको छ । पुस मसान्तसम्म प्रतिसेयर आम्दानी ९ सय ७१ रुपैयाँ (वार्षिक) छ । गत वर्ष प्रतिसेयर आम्दानी १ हजार ३०३ रुपैयाँ रहेको थियो ।

प्रतिसेयर नेटवर्थ भने २ हजार २८० रुपैयाँ छ । गत वर्ष प्रतिसेयर नेटवर्थ २ हजार ७९ रुपैयाँ थियो । युनिलिभर सेयर बजारमा सबैभन्दा धेरै भाउ भएको कम्पनी हो । युनिलिभरले लगानीकर्तालाई आकर्षक नगद लाभांश दिंदै आएको छ । उत्पादनमूलक क्षेत्रमा आकर्षण बढाउन समेत यस कम्पनीले योगदान पुर्याएको विश्वास गरिन्छ ।
 

Post Your Comment