ब्रोकरलाई राजधानीबाहिर सेयर कारोबार गर्न अनुमति दिइने, अनलाइन कारोबारको तयारी

25 Nov,2016
  • share_11_25_2016_5_42_39.jpg
नेपाली पैसा 
 
काठमाडौं : सेयर ब्रोकरलाई तत्काल काठमाडौं उपत्यकाबाहिर पनि कारोबार खुला गर्ने तयारी थालिएको छ । 
 
रिमोर्ट वर्क स्टेसन (आरडब्लूएस) मार्फत ब्रोकरलाई राजधानी बाहिर पनि कारोबार गर्न नीतिगत व्यवस्था हुन लागेको हो । यसअघि पनि आरडब्लूएस सेवा सुरु गरिएको भए पनि विभिन्न समस्याका कारण यो प्रभावकारी हुन सकेको थिएन । 
 
अबदेखि क, ख र ग वर्गमा विभाजन गरी ब्रोकरलाई राजधानीबाहिरबाट पनि सजिलै सेयर कारोबार गर्न अनुमति दिन लागिएको हो । सेयरको आपूर्ति निकै बढिरहेका बेला कारोबार राजधानी केन्द्रितमात्र भएकाले वर्तमान माग र आपूर्तिबीच तारतम्य मिलाउन यस्तो व्यवस्था गर्न लागिएको हो । 
 
सेयर लगानीकर्ता संघकोे टोलीसँग भएको वार्तामा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले तत्काले आरडब्लूएस कार्यान्वयनमा ल्याउने आश्वासन दिएका हुन् । 
 
सेयर लगानीकर्ता संघका उपाध्यक्ष ताराप्रसाद फुल्लेलले धितोपत्र बोर्ड र स्टक एक्सचेन्ज तत्काल ब्रोकरलाई उपत्यकाबाहिर सेवा सञ्चालन अनुमति दिन तयार भएको जानकारी दिए । 
 
‘अड लटको कारोबारलाई व्यवस्थित् गर्न, ब्रोकरलाई उपत्याकाबाहिर कारोबार सुविधा दिन अनि अनलाइन ट्रेडिङको व्यवस्था गर्न बोर्ड र स्टक एक्सचेन्ज सहमत भएका छन्,’ उनले भने ।  



                           उपाध्यक्ष फुल्लेल
 
‘बजारको दीर्घकालीन सुधारका लागि नियामक निकाय र बजार सञ्चालक निकै सकारात्मक देखिएका छन् । यसबाट निकै आशा पलाएको छ,’ उपाध्यक्ष फुल्लेलले  नेपाली पैसासँग भने । 
 
संघले ब्रोकरलाई मार्जिन लेन्डिङ कारोबार सुविधा दिन, बोनस सेयर समायोजनमा उपयुक्त व्यवस्था गर्न, क्लियरिङ बैंक थप्नेलगायतका माग पनि राखेको छ । 
 
लगानीकर्ताहरूले धितोपत्र बोर्डमा झन्डै चार घन्टा अनि स्टक एक्सचेन्जमा तीन घन्टा छलफल गरेका थिए । सेयर लगानीकर्ता संघको अध्यक्ष उत्तम अर्यालको नेतृत्वमा संघका पदाधिकारी अनि लगानीकर्ताहरू बोर्ड र स्टक एक्सचेन्ज पुगेका थिए । 

                                         यस्तो छ माग