गभर्नर डा. चिरञ्जीवी नेपाल भन्छन्–‘घटबढ सेयर बजारको सामान्य प्रक्रिया हो, नआत्तिनुस्’

30 Nov,2016
  • chiranjivi_nepal_11_30_2016_3_01_50.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल राष्ट्र बैंककका गभर्नर डा. चिरञ्जीवी नेपालले पुँजी बजारमा अहिले देखिएको उतारचढावबाट लगानीकर्तालाई नआत्तिन आग्रह गरेका छन् । 
 
सामान्य घटबढ सेयर बजारको प्रकृत्ति नै हो । यसबाट हतास भइहाल्नुपर्दैन, उनले भने । 
आर्थिक पत्रकार समाज (सेजन) को १९ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा गभर्नर डा. नेपालले घटबढ सेयर बजारको नेचर भएकाले संयमित हुन आग्रह गरेका हुन् । 
 
हाम्रो पुँजी बजारमा बैंक तथा वित्तीय संस्थाको वर्चस्व भएकाले राष्ट्र बैंकले निकै नजिकबाट अध्ययन गरिरहेको छ । हामीकहाँमात्र होइन, संसारभरकै सेयर बजारलाई अध्ययन गर्यो भने पनि सामान्य उतारचढाव भइरहने उनको भनाई थियो । 
 
अर्थतन्त्रमै असर पुग्ने गरी बजारमा उतारचढाव आउन नदिन सरकार सजग रहेको तर्फ संकेत गर्दै उनले सेयर बजारको स्वभाव नै बेला बेला उतारचढाव भइरहने भएकाले हतास हुनुनपर्ने बताएका हुन् । 


 
बैंक तथा वित्तीय संस्थाहरू मजबुत हुँदै गएको गभर्नरको भनाई थियो । वाणिज्य बैंकको चुक्ता पुँजी दुई अर्बबाट बढाएर आठ अर्ब पुर्याउँदा आत्तिएर हल्ला गर्नेहरु अहिले संस्था निकै सबल हुन थालेको देखेर अब त बैंकको पुँजी १६ अर्बसम्म पु¥याउनुपर्छ भन्न थालेका छन्, उनले भने ।  
 
 गभर्नर नेपालले भारु एक हजार र पाँच सय नोटको प्रतिबन्धका कारण परेका असरका बारेमा राष्ट्र बैंक सजग रहेको बताए । समस्या समाधानका लागि प्रधानमन्त्री, अर्थमन्त्रीदेखि लिएर राष्ट्र बैंकले निकै ठूलो पहल गरिरहेको छ, उनले भने ।