सूचीकृत कम्पनीको क वर्गमा पर्ने आधार, यस्तो छ नेप्सेको मापदण्ड

09 Jan,2017
  • nepse_1_1_9_2017_12_10_02.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्जले सूचीकृत कम्पनीहरूसँग विवरण माग गरेको छ । पब्लिक लिमिटेड कम्पनीको वर्गीकरण गर्न आवश्यक विवरण मागिएको हो । नेपाल स्टक एक्सचेन्जले  विभिन्न सूचकका आधारमा कम्पनीलाई क वर्गमा विभाजन गर्ने गरेको छ । यसपटक पनि सोही वर्ग छु्ट्याउन आधारभूत तथ्यांकसहितको विवरण नेप्सेले मागेको हो । क वर्गमा पर्न चुक्ता पुँजी कम्तिमा दुई करोड रूपैयाँ भएको, साधारण सेयरधनी संख्या कम्तिमा एक हजार जना भएको अनि सार्वजनिकरुपमा सेयर निष्कासन खुला गरेको हुनुपर्छ । 
 
यसैगरी, कम्तिमा तीन वर्षदेखि लगातार मुनाफामा रहेको,   सेयरको किताबी मूल्य चुक्ता मूल्य भन्दा कम नभएका तथा आर्थिक वर्ष समाप्त भएको ६ महिना भित्रमा त्यस आर्थिक बर्षको कारोबार र आयव्यय विवरण स्टक एक्सचेन्जमा पेस गरिसकेको कम्पनीलाई नेप्सेले क वर्गमा समावेश गर्छ । माघ १० गतेभित्र सूचीकृत कम्पनीले यो विवरण नेप्सेमा पठाइसक्नुपर्नेछ । यो सर्तभित्र नपर्ने कम्पनीले पनि अनिवार्यरूपमा विवरण पेस गर्नुपर्नेछ ।