सुनको भाउ तीन सय रुपैयाँ बढ्यो, मंगलबार तोलाको ५४ हजार एक सय रुपैयाँमा कारोबार

10 Jan,2017
  • gold_1_10_2017_1_30_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : सुनको मूल्य मंगलबार तोलामा तीन सय रुपैयाँ बढेको छ । सोमबार प्रतितोला ५३ हजार आठ सय रुपैयाँमा किनबेच भएको सुन मंगलबार बढेर प्रतितोला ५४ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि निरन्तर अन्तर्राष्ट्रिय बजारमा ओरालो लागिरहेको सुन पछिल्लो समय भने मन्द गतिमा बढ्न थालेको छ । 
 
अन्तर्राष्ट्रिय बजारकै आधारमा नेपाली बजारमा सुनको मूल्य घटबढ हुने गर्छ । २०१६ को अन्त्यतिर ५२ हजार भन्दा कम मूल्यमा कारोबार भएको सुन २०१७ सुरु भएपछि भने केही उकालो लाग्न थालेको हो । सन् २०१७ मा सुनको भाउ कता जाला भनेर धेरैले उत्सुकतापूर्वक हेरिरहेका छन् । 
 
यता, नेपाली बजारमा भने पुस महिनामै सुनको भाउ थोरै बढ्न थालिसकेको छ । पुस महिनामा विवाहको लगन नहुने भए पनि कारोबार विस्तारै बढ्न थालेको व्यापारीको भनाई छ । धेरैजसो गहना कारोबारी भने माघ महिना कुरेर बसेका छन् । माघमा तुलनात्मकरुपमा निकै बढी सुुन किनबेच हुन्छ ।