पुनर्निर्माण प्राधिकरणमा गोविन्द पोखरेल आए, सुशील ज्ञवालीलाई सरकारले गर्यो बर्खास्त

11 Jan,2017
  • Dr-Govinda-Pokhrel_1_11_2017_1_08_23.jpg
नेपाली पैसा 
 
काठमाडौं : राष्ट्रिय पुननिर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृतमा गोविन्द पोखरेल नियुक्त भएका छन् । मन्त्री परिषद्को बुधबार बसेको बैठकले प्राधिकरण प्रमुखमा पोखरेललाई नियुक्त गर्ने निर्णय गरेको हो । प्राधिकरण प्रमुख सुशील ज्ञवालीको काम गराई पारा चित्त नबुझेको भन्दै सरकारले उनलाई यसअघि दुई पटकसम्म स्पष्टीकरण सोधेको थियो । यी स्पष्टीकरणबाट पनि सरकार सन्तुष्ट नभएपछि ज्ञवालीलाई हटाएर पोखरेललाई नियुक्त गरिएको हो । 
 
पोखरेल यसअघि पनि केही समय प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत भएका थिए । तर त्यसबेला उनले काम गर्न नपाउँदै कानुनी अड्चन उत्पन्न भएपछि पद छाड्नुपरेको थियो । पोखरेल राष्ट्रिय योजना आयोगका उपाध्यक्षसमेत भइरहेका छन् । नेपाली काँग्रेसको कोटामा पोखरेल अहिले फेरि प्राधिकरण प्रमुख बनेका हुन् ।