Market Closed

सूर्य लाइफको यसरी आउँदैछ लिलामीमा सेयर

08 Nov,2019
  • auction_n_11_8_2019_3_23_48.jpg
नेपाली पैसा 
 
काठमाडौं : सूर्या लाइफ इन्सुरेन्सले ३ लाख ९ हजार ३०२ कित्ता सेयर आइतबार (कात्तिक २४ गते)  देखि लिलामीमा ल्याउने भएको छ । यस इन्सुरेन्सले सर्वसाधारण समूहको २ लाख ८१ हजार ९१२.८ कित्ता र संस्थापक समूहको २७ हजार ३८९।२ कित्ता सेयर लिलामी गर्न लागेको हो । यसमा न्यूनतम १०० रुपैयाँलाई आधार मानेर शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । मंसिर १ गतेसम्म आवेदन दिन सकिनेछ ।
 
लगानीकर्ताले संस्थापक सेयरमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । यस्तै, सर्वसाधारणमा न्यूनतम १०० कित्ता देखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन गर्न सक्नेछन् । बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल, काठमाडौं र सूर्या लाईफका कार्यालयहरु वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, कैलाली, सुर्खेत, इटहरीबाट लिलामी भर्न सकिनेछ । 

सूर्या लाइफ इन्सुरेन्सको लिलामी सेयर सम्बन्धी सूचना 

Post Your Comment