Market Closed

बैंकले ऋणपत्र र विदेशबाट लिएको ऋणमा शतप्रतिशत कर्जा प्रवाह गर्न पाउने

14 Jan,2020
  • Nepal-Rastra-Bank_1_14_2020_4_45_40.jpg
नेपाली पैसा
 
काठमाडौं : बैंक तथा वित्तीय संस्थाले अब ऋणपत्र जारी गरेको रकम तथा विदेशी बैंक वा अन्य संस्थासँग लिएको ऋण रकमको शतप्रतिशत कर्जा प्रवाह गर्न पाउने भएका छन् । केन्द्रीय बैंकले मंगलबार एकीकृत निर्देशन २०७६ मा संशोधन गर्दै नयाँ व्यवस्था गरेको हो । यो सुविधाका लागि बैंक तथा वित्तीय संस्थाले कम्तिमा पनि ५ वर्ष वा सो भन्दा बढी अवधिका लागि स्वदेशी मुद्रामा ऋणपत्र जारी गरेको हुनुपर्नेछ ।

तर विदेशी वित्तीय संस्था वा अन्य संस्थासँग विदेशी मुद्रामा न्यूनतम ३ वर्ष वा सो भन्दा बढी अवधिका लागि लिइएको ऋणमा पनि शतप्रतिशत कर्जा प्रवाह गर्न पाइनेछ । यो रकम कर्जा–स्रोत परिचालन (सीसीडी) रेसियोमा गणना गर्दा अन्तर बैंक निक्षेपलाई स्रोत परिचालनमा समावेश गर्न पाइने छैन् । साथै, सीसीडी रेसियो केन्द्रीय बैंकले तोकेको ८०% भन्दा माथि जान पाउने छैन ।  

केन्द्रीय बैंकले यसअघि नै ऋणपत्रमा शतप्रतिशत कर्जा प्रवाह गर्न पाइने व्यवस्था  गरिसकेको भए पनि अहिले जारी भएको ऋणपत्र र विदेशी ऋण लिएको अवधिलाई खुलाएर थप प्रष्ट पारेको हो । 

Post Your Comment