आइपीओ भरे वापत शुल्क नलिने वाणिज्य बैंकहरुको संख्या ३ वटामा सीमित भएको छ । नबिल बैंक, एनआइसी एसिया बैंक र राष्ट्रिय वाणिज्य बैंकले मात्रै आस्वा निःशुल्क गरेका छन् । बाँकी बैंकहरुले प्रत्येक पटक आइपीओ भरे बापत १० रुपैयाँदेखि १०० रुपैयाँसम्म शुल्क लिएका छन् । सबैभन्दा बढी स्टान्डर्ड चार्टर्ड बैंकले १०० रुपैयाँ शुल्क लिने गरेको छ । राष्ट्र बैंकको नियमावली अनुसार वित्तीय संस्थाहरुले आस्वा सेवा उपलब्ध गराउँदा अधिकतम १०० रुपैयाँसम्म शुल्क लिन पाउने व्यवस्था रहेको छ । यसअघि निःशुल्क सेवा दिँदै आएका बैंकहरुले पनि पछिल्लो समय भने शुल्क लिन थालेका छन् । पछिल्लो समय आइपीओ जारी गर्ने कम्पनीहरुको संख्या बढ्दै गएको छ । यस्तै, आइपीओमा आवेदन दिने लगानीकर्ताको संख्यामा पनि उच्च वृद्धि भएको छ ।
अपर सोलु हाइड्रोको आइपीओमा ९० करोड ३४ लाख ९२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज मंगलबार (असार २१ गते) साँझ ५ बजेसम्ममा ७ लाख ७५ हजार ९७५ जनाले ९० लाख ३४ हजार ९२० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ४.९६ गुणा बढी आवेदन हो । कम्पनीले सोमबार (असार २० गते) बाट सर्वसाधारणका लागि १९ करोड ५७ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले १९ लाख ५७ हजार ५ सय कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५% अर्थात् ९७ हजार ८७५ कित्ता सामुहिक लगानी कोष र २% अर्थात् ३९ हजार १५० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी १८ लाख २० हजार ४७५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । यसमा एनएमबि क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा व
भारतीय रुपैयाँ (भारु) इतिहासकै न्यून विन्दुमा पुगेको छ । मंगलबारको कारोबारमा भारु अमेरिकी डलरको तुलना ४१ पैसाले घटेर हालसम्मकै कमजोर भएको हो । मंगलबारको कारोबारमा भारु प्रतिडलर ७९.३६ मा बन्द भएको छ । यस दिन भारु प्रतिडलर ७९.३८ विन्दुसम्म पुगेको थियो । सोमबार भने भारु प्रतिडलर ७८.९५ विन्दुमा बन्द भएको थियो । अन्तर्राष्ट्रिय बजारमा बलियो बनेको डलर र भारतको कमजोर घरेलु आर्थिक सूचकका कारण भारु पछिल्लो समय निरन्तर कमजोर बन्दै गएको छ । वि
एसएमई प्लेटफर्म सञ्चालनमा ल्याउन के–के हुँदैछ तयारी, अब कहिलेबाट सुरु ...
वैदेशिक रोजगारीमा गएकालाई आइपीओमा १०% आरक्षण दिन यसरी हुँदैछ व्यवस्था
अब ब्रोकरले आफ्नै टीएमएस सञ्चालन गर्न पाउने, लगानीकर्ताबाट शुल्क पनि ल...
सस्तो हुन थाल्यो निर्जीवन बिमा कम्पनीहरुको भाउ, हेर्नुहोस् पीइ रेसियो ...
एक महिनामा ३ अर्ब १७ करोडले घट्यो सेयर कर्जा : केन्द्रीय बैंकको नीतिले...
Do you think the policy of 4/12 will be revised?
2022-07-6
2022-07-5
2022-07-4
2022-07-3
Venue:Virtual Zoom online
Organizer:CHHL
Venue:ADBL Central Training Center, Bode, Bhaktapur
Organizer:ADBL
Venue:Registered office, Birgunj, Municipality Ward no.1, Birta, Parsa
Organizer:HDL
Filter Stocks according to your requirement
Calculate net price of purchase/Sales when you buy/sell stocks
Calculate your expected profit before applying for your IPO
Calculate your loan limit based on shares you want to pledge at bank
© Copyright 2015-2020. All rights reserved by Nepali Paisa Media Pvt Ltd.
By using this site you agree to the Terms of Service.
Powered by:
Facebook
Twitter
Play Store
App Store
Youtube
Instagram
Viber