सेयर बजार घट्ने श्रृंखला शुक्रबार पनि जारी रहेको छ । नेप्से सूचक १५.८२ अंकले घटेर २२३५.०९ विन्दुमा आएको छ । सरकारले सातामा २ दिन सार्वजनिक विदा दिने निर्णय गरेपछि पहिलोपटक शुक्रबार पनि सेयर कारोबार भएको हो । तर यस दिनको कारोबारले लगानीकर्तामा भने खासै रौनकता ल्याउन सकेन । सूचक ओरालो लाग्दा कारोबार रकम पनि १ अर्ब रुपैयाँभन्दा पनि तल आएर खुम्चिएको छ । यस दिन ९३ करोड २२ लाख रुपैयाँको सेयर कारोबार भएको हो ।चुनावपछि सेयर बजारले केही गति लिन्छ कि भन्ने आम लगानीकर्ताको अनुमान र विश्वासलाई बजारले अहिलेसम्म सही साबित गर्न सकेको छैन । वित्तीय प्रणालीमा पैसा सहज हुने र यसले सेयर बजारमा पनि सकारात्मक माहोल पैदा गर्ने कतिपय विश्लेषकहरुको अनुमान रहेको थियो । तथापि, अहिलेसम्म बजारले यस विश्वासलाई भने पुष्टि गर्न सकेको छैन ।
यतिबेला मुलुक चुनावमय बनेको छ । स्थानीय तहको चुनावको मतगणाना जारी छ । राजनीतिक दलका कार्यकर्तादेखि आम सर्वसाधारण चुनावको अन्तिम नतीजाको प्रतिक्षामा छन् । यसैबीच, अर्थ मन्त्रालय भने अगामी आर्थिक वर्ष २०७९–२०८० को बजेट निर्माणको तयारीमा जुटेको छ । अर्थ मन्त्रालयले बजेट लेखन टोली गठन गरिसकेको छ भने विभिन्न क्षेत्रका सुझाव पनि लिइरहेको छ । जेठ ३ गतेबाट संसदमा बजेट अधिवेशनसमेत सुरु भइसकेको छ । संवैधानिक व्यवस्था अनुसार जेठ १५ मा अर्थमन्त्रीले आगामी वर्षका लागि संसद्मा वार्षिक बजेट प्रस्तुत गर्नुपर्छ । यसआधारमा, आगामी आर्थिक वर्षको बजेट सार्वजनिक हुन अब १० दिन मात्रै बाँकी छ । यसैबीच, धितोपत्र बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले पनि आगामी आर्थिक वर्षको बजेटका लागि भन्दै विभिन्न सुझाव दिएको छ । त्यस्तै, बैंकर एसोसिएसन, स्टक ब्रोकर्स एसोसिएसनले पनि नयाँ बजेटमा कार्यक्रम समावेश गर्नका लागि सुधारका विभिन्न सुझाव अर्थ मन्त्रालयमा दिएका छन् ।
हामीले हतारमा सेयर किनेबेच गरी घाटा वा नाफा भएको कुरा धेरै सुन्ने गरेका छौं । कतिपयले छोटो अवधिमै मनग्य नाफा गरेका छन् भने कतिपयले धेरै घाटा व्यहोरेका पनि छन् । बिसौं वर्ष एउटै कम्पनीको सेयर होल्ड गरेर अरबौंको मालिक बनेका व्यक्तिहरु पनि धेरै छन्। तर एक संस्थापकले आफ्नो कम्पनीको सेयर केवल ८०० डलरमा बेचे । यदि, उक्त सेयर करिब ५० वर्षसम्म होल्ड गरेको भए आजको मिति २०० अर्ब डलर भन्दा धेरैको हुने थियो । उक्त सेयर अरु कुनै कम्पनीको नभई विश्वको सबैभन्दा मूल्यवान कम्पनीको ताज पहिरिसकेको एप्पलको हो । अमेरिकी बहुराष्ट्रिय कम्पनी एप्पलको स्थापना १ अप्रील सन् १९७६, मा लस अल्टोस, क्यालिफोर्नियामा भएको थियो । यसका संस्थापक थिए स्टिभ जब्स, रोनाल्ड वेन र स्टीभ वोज्नियाक । यी ३ संस्थापकमध्ये रोनाल्ड वेन नै थिए जो ८०० डलरमै सेयर बिक्री गरी एप्पलबाट बाहिरिए ।
आखिर किन लागे सेयर लगानीकर्ता बालेनको पक्षमा ?
निर्जीवन बिमा कम्पनीहरुको तेस्रो त्रैमास : प्रमुख सूचकहरुमा कुनको अवस्...
जीवन बिमा कम्पनीहरुको कस्तो छ प्रगति, प्रमुख सूचकमा कुन अघि ?
मार्जिन कारोबार कार्यविधि संशोधन : नीतिगत व्यवस्था सहज, व्यावहारिक जटि...
सेयर धितोमा अहिलेसम्म कति कर्जा प्रवाह भएको छ, ४–१२ को नीतिले कति गर्य...
Who will win the largest number of local units in local level election?
3 Days 14 Hours 44 mins remaining
Ruling Coalition
UML
Others
2022-05-19
2022-05-18
Venue:Virtual Zoom online
Organizer:CHHL
Venue:ADBL Central Training Center, Bode, Bhaktapur
Organizer:ADBL
Venue:Registered office, Birgunj, Municipality Ward no.1, Birta, Parsa
Organizer:HDL
Filter Stocks according to your requirement
Calculate net price of purchase/Sales when you buy/sell stocks
Calculate your expected profit before applying for your IPO
Calculate your loan limit based on shares you want to pledge at bank
© Copyright 2015-2020. All rights reserved by Nepali Paisa Media Pvt Ltd.
By using this site you agree to the Terms of Service.
Powered by:
Facebook
Twitter
Play Store
App Store
Youtube
Instagram
Viber