Market Closed

आँखु खोलाको लक इन अवधि सकिंदै, स्थानीय र संस्थापक सेयर मंगलबारबाट कारोबार हुने

17 Sep,2021
  • 1_9_17_2021_12_26_53.jpg
नेपाली पैसा
 
काठमाडौं : आँखु खोला जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीयलाई बिक्री गरेको सेयर असोज ५ गतेदेखि कारोबारका लागि खुला हुने भएको छ । असोज ४ गते लक इन अवधि समाप्त हुने भएपछि स्थानीयको सेयर पनि नेप्सेमा कारोबारका लागि खुला हुन लागेको हो ।

कम्पनीले धादिङ जिल्लाका स्थानीयलाई २०७५ असोज ४ गते ६ लाख २३ हजार ९८० कित्ता सेयर बाँडफाँट गरेको थियो । उक्त मितिले ३ वर्ष पुगेपछि लक इन अवधि समाप्त भएको हो । यता, संस्थापक समूहको ६० लाख कित्ता सेयरको कारोबार पनि असोज १२ गतेबाट खुला हुने कम्पनीले जनाएको छ ।

सर्वसाधारणलाई बाँडफाट गरेको मिति असोज ११ गते ३ वर्ष पूरा हुने भएकाले असोज १२ गतेदेखि संस्थापक समूहको सेयर कारोबार पनि खुला हुने कम्पनीले उल्लेख गरेको छ । आँखु खोलाले सर्वसाधारणलाई २०७५ असोज ११ गते आइपीओ बाँडफाँट गरेको थियो ।

 

Post Your Comment