Market Closed

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयर खुल्यो

19 Apr,2021
  • Right_share__4_19_2021_8_21_40.jpg
नेपाली पैसा 
 
काठमाडौं : अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आज सोमबार वैशाख ६ गतेबाट ५०% हकप्रद सेयर खुला भएको छ । कम्पनीले १ सय रुपैयाँ अंकित मूल्यमा ५२ लाख ४१ हजार १९७ कित्ता हकप्रद सेयर बिक्रीमा ल्याएको हो । ५०% हकप्रद सेयरका लागि यसले चैत ९ गते बुक क्लोज गरिसकेको छ । चैत ८ गतेसम्म कायम सेयरधनीले यस हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।

यस हकप्रद सेयरमा लगानीकर्ताले वैशाख २६ गतेसम्म आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गरेको छ । हकप्रदमा मुक्तिनाथ क्यापिटल, अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी, ट्रेड टावर, थापाथलीबाट आवेदन दिन सकिेनछ । यस्तै, मुक्तिनाथ विकास बैंकको इटहरी, इलाम, पोखरा, नागढुंगा, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 
 
साथै, धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयर सफ्टवेयर मार्फत आवेदन दिन सकिनेछ । कम्पनीको हकप्रद सेयरलाई केयर रेटिङ नेपालले केयर एनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ । यसले कम्पनीको दायित्व वहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।
 
हाल यसको चुक्ता पुँजी ९९ करोड ५७ लाख रुपैयाँ छ । कम्पनीले यही पुँजीबाट ५०% हकप्रद सेयर निष्कासन खुला गरेको  हो । हकप्रद बिक्रीपछि अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ५७ करोड २३ लाख ५९ हजार रुपैयाँ पुग्नेछ ।

अरुण भ्याली हाइड्रोपावरको हकप्रद सेयरसम्बन्धी जानकारी यहाँबाट हेर्नुहोस् । 

Post Your Comment