Market Closed

आशा लघुवित्तको नाफामा आकर्षक वृद्धि

04 May,2021
  • profit_11_1_2019_10_37_46.png
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा आशा लघुवित्तको खुद नाफामा आकर्षक वृद्धि भएको छ । यसअवधिमा खुद नाफा २६७.८२% ले बढेर १० करोड ६७ लाख ६४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले २ करोड ९० लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन नाफा वृद्धि भएसँगै खुद नाफा बढ्न सहयोग पुगेको हो । 

खुद ब्याज आम्दानी ७८.४०% ले बढेर १८ करोड ९८ लाख ४४ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १० करोड ६४ लाख १४ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । गत वर्ष ७२ लाख ३६ हजार रुपैयाँ सञ्चालन नोक्सानमा रहेको लघुवित्तले यो वर्ष १५ करोड ५१ लाख ८३ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।

चैत मसान्तसम्म यसको प्रतिसेयर आम्दानी ३६ रुपैयाँ ६३ पैसाले बढेर वार्षिक ५३ रुपैयाँ २९ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ ४७ पैसा छ । खराब कर्जा १.३१% ले घटेर ३.१५% मा झरेको छ ।

Post Your Comment