Market Closed

एसियन लाइफ इन्सुरेन्सको सेयर संरचना परिवर्तन हुँदै, अब हिस्सा कति–कति ?

23 Jul,2021
  • Asian-life-insurance-comp_6_27_2018_11_58_42_7_23_2021_12_22_49.jpg
नेपाली पैसा

काठमाडौं  : एसियन लाइफ इन्सुरेन्सको आर्थिक वर्ष २०७५÷७६ को वार्षिक साधारण सभा साउन ३१ गते बस्ने भएकोे छ । सभामा कम्पनीले सेयर संरचना परिवर्तन गर्ने विशेष एजेन्डा पेश गर्दैछ । कम्पनीले हाल कायम रहेको संस्थापक समुहको ७० प्रतिशत हिस्सालाई घटाएर ६० प्रतिशत र सर्वसाधारण समुहको ३० प्रतिशतलाई बढाएर ४० प्रतिशत बनाउने एजेन्डा पेश गर्न लागेको हो । 
 
सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन पेश हुनेछ । यस्तै, २०७५÷७६ असार मसान्तसम्मको नाफा नोक्सान तथा नगद प्रवाह विवरणमा छलफल गर्ने एजेण्डा पनि रहेको छ । सभामा लाभांश सम्बन्धी कुनै पनि एजेन्डा समावेश गरिएको छैन । यसर्थ, कम्पनीका सेयरधनी यो वर्ष पनि लाभांश पाउनबाट बञ्चित हुनेछन् । 
 
सभामा संस्थापक सेयरधनीको तर्फबाट ४ जना, सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना र १ जना स्वतन्त्र बिज्ञ मनोनयन गर्ने एजेन्डा पनि छ । यता, कम्पनीले सभा प्रयोजनको लागि साउन १७ गते बुक क्लोज गर्ने जनाएको छ । यसर्थ, साउन  १६ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन सक्नेछन् ।
 

Post Your Comment