Market Closed

अपि पावरको साउन १३ बाट २ लाख १५ हजार कित्ता सेयर लिलामी खुल्दै

21 Jul,2021
  • Auction_10_10_2_12_7_2020_10_48_54_12_13_2020_10_21_02_7_21_2021_10_06_34.jpg
नेपाली पैसा 

काठमाडौं  : अपि पावरको साउन १३ गतेदेखि सर्वसाधारण समूहको २ लाख १५ हजार ५९९ कित्ता सेयर लिलामी बिक्री खुला हुने भएको छ । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर त्यसभन्दा बढी भाउ तोकी बोलकबोल माध्यमबाट आवेदन दिनुपर्नेछ । लिलामी भर्ने अन्तिम म्याद साउन २० गतेसम्म तोकिएको छ । 
 
यसअघि कम्पनीले ५६ लाख ७० हजार कित्ता (२९.३८%) हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यस समयभित्र आवश्यकता अनुसार हकप्रद सेयर नबिकेपछि कम्पनीले बाँकी रहेको सेयर यतिबेला लिलामीमा ल्याएको हो । यसमा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल हात्तिसार मार्ग, कमलादी काठमाडौंबाट आवेदन दिन सकिनेछ । 
 
यसैगरी, मुक्तिनाथ विकास बैंकको भक्तपुर, ललितपुर, इटहरी, इलाम, पोखरा, बुटवल, विराटनगर, विरगञ्ज, नारायणगढ, सुर्खेत, नेपालगंज, धनगढी र जनकपुर शाखा कार्यालयबाट आवेदन दिन पाइनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९७ लाख ५६ हजार रुपैयाँ रहेको छ । हकप्रद र लिलामी सेयर बिक्रीपछि चुक्ता पुँजी २ अर्ब ४९ करोड ६७ लाख ५६ हजार रुपैयाँ पुग्नेछ । 
 
 
 
 

Post Your Comment