Market Closed

अभियान लघुवित्तको आइपीओमा पहिलो दिनमै यसरी लाग्यो आवेदकको ओइरो

03 Aug,2022
  • iposs_2_15_2022_7_41_27_2_27_2022_5_29_06_6_19_2022_6_07_33_7_13_2022_5_16_43_7_17_2022_5_22_43_7_24_2022_5_14_25_8_3_2022_7_58_52_8_3_2022_5_18_13.jpg
नेपाली पैसा

काठमाडौं : अभियान लघुवित्तको आइपीओमा ५१ करोड २८ लाख ४१ ह्जार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०३ बजेसम्ममा ४ लाख ३८ हजार २५५ जनाले ५१ लाख २८ हजार ४१० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा ५.६१ गुण बढी आवेदन हो । कम्पनीले आज (साउन १८ गते) देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । 
 
यो मध्ये ५% अर्थात् ४८ हजार ७५० कित्ता सामुहीक लगानी कोष र ०.५% अर्थात् १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । 
 
लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । सले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
 

Post Your Comment