Market Closed

बरुण हाइड्रोपावरको नाफा ५४.९४% ले घट्नुमा यस्तो छ कारण

04 May,2021
  • barun-hydropower-company_2_9_2018_2_58_36_12_14_2020_4_28_31_12_30_2020_9_46_44.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा बरुण हाइड्रोपावरको नाफालगायतको प्रमुख सूचक घटेको छ । यसअवधिमा खुद नाफा ५४.९४% ले घटेर ५२ लाख ७२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसैअवधिमा यसले १ करोड १७ लाख १ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । विद्युत् बिक्रीबाट हुने आम्दानी घटेसँगै नाफा प्रभावित भएको हो । 

एक वर्षको अवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी ३०.१३% ले घटेर ४ करोड ५८ लाख २२ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष यसले विद्युत् बिक्रीबाट ६ करोड ५५ लाख ८६ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष प्रसारण लाइनका कारण आयोजना पूर्ण क्षमतामा चल्न नपाएकाले आम्दानी घटेको कम्पनीले जनाएको छ । 

चैत मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी २६ करोड ७९ लाख ७ हजार रुपैयाँ र रिजर्भ कोषमा ८० लाख ६६ हजार रुपैयाँ छ । प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ०२ पैसा र प्रतिसेयर नेटवर्थ १०३ रुपैयाँ ०१ पैसा छ । 
 

Post Your Comment