Market Closed

विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल नियुक्त

14 Jan,2022
  • logos_1_14_2022_8_11_11.png
नेपाली पैसा 
 
काठमाडौं : प्रभु क्यापिटल लिमिटेड विशाल बजार कम्पनीको सेयर रजिष्ट्रारमा नियुक्त भएको छ । सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि विशाल बजार कम्पनी लिमिटेड र प्रभु क्यापिटलबीच सम्झौता भएको हो । सम्झौतामा विशाल बजार कम्पनीका तर्फबाट प्रबन्ध सञ्चालक गगनबहादुर बि.के. र प्रभु क्यापिटलका तर्फबाट प्रमुख व्यापार अधिकृत बासु थपलियाले हस्ताक्षर गरेका छन् ।

२०७८ माघ १ गतेदेखि लागू हुने गरी विशाल बजार कम्पनी लिमिटेडले प्रभु क्यापिटललाई सेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले विशाल बजार कम्पनीको धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेजी गर्ने, नामसारी तथा रोक्का राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायत काकार्यहरु गर्नेछ ।
 

Post Your Comment