Market Closed

झण्डै ३ महिनापछि फुकुवा भयो विशाल बजारको सेयर कारोबार

21 Apr,2021
  • bisal_11_29_2015_2_48_54.jpg
नेपाली पैसा
 
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले झण्डै ३ महिनापछि विशाल बजार कम्पनीको सेयर कारोबार फुकुवा गरेको छ । विशाल बजारले लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन पेश नगरेपछि नेप्सेले माघ १८ गतेदेखि देखि दोस्रो बजारमा कारोबार रोक्का गरेको थियो। नेप्सेले बुधबार (वैशाख ८ गते) विशाल बजारको सेयर कारोबार फुकुवा गर्ने निर्णय गरेको हो ।

बिहीबारदेखि विशाल बजार नियमित सेयर कारोबारका लागि खुला हुनेछ । विशाल बजारले वैशाख ३ गते पत्रमार्फत आव २०७३–७४ देखि आव २०७६–७७ सम्मको लेखा परीक्षण हुन बाँकी र चालु आव २०७७–७८ को पुस मसान्तसम्मको वित्तीय विवरण पेश गरेको नेप्सेले जानकारी गराएको छ । वित्तीय विवरण बुझाएपछि सेयर कारोबार फुकुवा भएको हो ।

धितोपत्र सूचीकरण विनियमावली, २०७५ को व्यवस्था अनुसार सचीकृत कम्पनीले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिना भित्र नेप्सेलाई बुझाइसक्नुपर्छ । तर विशाल बजारसँग विवरण पठाउन माग गर्दासमेत विवरण नबुझएपछि नेप्सेले सेयर कारोबार रोक्का गरेको थियो ।


Post Your Comment