Market Closed

बेस्ट फाइनान्सको आज साधारण सभा

15 Sep,2021
  • AGM__9_15_2021_7_32_54.jpg
नेपाली पैसा 
 
काठमाडौं : बेस्ट फाइनान्सको साधारण सभा आज बुधबार भदौ ३० गते बस्दैछ । यसअघि स्थगित सभा पुनः आज बस्न लागेको हो । कम्पनीले यसअघि वैशाख ३१ गते साधारण सभा बोलाएको थियो । तर कोरोना भाइरसका कारण लक डाउन जारी भएकाले त्यसबेला सभा स्थगित गरिएको थियो । साधारण सभा कम्पनीको प्रधान कार्यालय कमलादी, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
 
 कम्पनीले यो वर्ष पनि लगानीकर्ताको हात रित्तो बनाउने भएको छ । सभामा लाभांश वितरण सम्बन्धी एजेन्डा छैन । कम्पनीले आर्थिक वर्ष २०६७–६८ यता लाभांश वितरण गर्न सकेको छैन । सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्ज वा एक्वायर हुनु परेमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि छ ।
 
कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने अख्तियारी पनि सञ्चालक समितिलाई दिने प्रस्ताव हुनेछ । यसबाहेक आर्थिक वर्ष २०७६–७७ को वार्षिक वित्तीय विवरण, नाफा–नोक्सान हिसाब लगायतलाई पारित गर्ने एजेन्डा पनि राखिएको छ । सभा प्रयोजनका लागि बेस्टले भदौ ८ गते बुक क्लोज गरिसकेको छ । 

Post Your Comment