Market Closed

बिपिडब्लु लघुवित्तको आइपीओ आज बाँडफाँट हुँदै

17 Mar,2023
  • IPO_10__1_25_2023_7_30_53_2_8_2023_4_06_32_2_9_2023_3_36_09_2_24_2023_1_41_20_3_1_2023_4_43_56_3_9_2023_5_21_27_3_15_2023_4_49_52_3_17_2023_8_54_09.jpg
नेपाली पैसा

काठमाडौं : बिपिडब्लु लघुवित्तको आइपीओ आज (चैत ३ गते) बाँडफाँट हुँदैछ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार आज बिहान ११ बजे आइपीओ बाँडफाँट गर्ने तयारी गरिएको छ । यता, बिपिडब्लुको आइपीओ हात पार्न भाग्यकै भरपर्नु पर्नेछ । यसमा मागभन्दा २०७.१० गुणा बढी आवेदन परेको छ । यसर्थ गोलाप्रथाबाट आइपीओ बाँडफाँट हुनेछ ।
 
यसमा १५ लाख ३२ हजार ९७३ जनाले कुल १ करोड ६७ लाख ६५ हजार ५० कित्ताको लागि आवेदन दिएका छन् । जसमा ८ हजार ९५ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १५ लाख २४ हजार ८७८ जनाको भने हात खाली हुनेछ । बिपिडब्लु लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३% ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।
 
जसअनुसार प्रतिसेयर १ सय अंकित मूल्यमा ९७ हजार कित्ता सेयर निष्कासन गरिएको हो । यसमध्ये १०% अर्थात् ९ हजार ७ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्कासन गरिसकेको छ । जसमध्ये १ हजार ५०० कित्ता सेयर कर्मचारीलाई र ४ हजार ८५० कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको थियो । बाँकी रहेको ८० हजार ९५० कित्ता सेयरमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्ने व्यवस्था थियो । 
 
 यो आइपीओमा मेगा क्यापिटल बिक्री प्रबन्धक रहेको छ । रेटिङ एजेन्सी इक्रा नेपालले बिपिडब्लु लघुवित्तलको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । इक्रा नेपालले २०७८ चैत ३० गते यो रेटिङ दिएको हो । यो रेटिङ २०७९ चैत २८ गतेसम्म बाहल रहनेछ ।
 

Post Your Comment