Market Closed

सिभिल बैंकले यसरी बढायो नाफा

22 Apr,2021
  • Civil-Bank-Ltd_6_12_2018_12_39_43_1_28_2021_4_25_08.jpg
नेपाली पैसा

काठमाडौं : चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा सिभिल बैंकको नाफामा आकर्षक वृद्धि भएको छ । यसवधिमा बैंकको खुद नाफा ३९.३९% ले बढेर ५० करोड २५ लाख ५५ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले ३६ करोड ५ लाख ३३ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो । चैत मसान्तसम्म आइपुग्दा बैंकको वितरण योग्य नाफा ३० करोड ७७ लाख ९५ हजार रुपैयाँ रहेको छ । बैंकको सञ्चालन नाफा बढेको र खराब कर्जा घटेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । सञ्चालन नाफा २६.४२% ले बढेर ६८ करोड १० लाख ६० हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष ५३ करोड ८७ लाख १२ हजार रुपैयाँ सञ्चालन नाफा कमाएको थियो । खराब कर्जा १.८३% ले घटेर १.१३% मा आएको छ । अघिल्लो वर्ष खराब कर्जा २.९६% थियो । यता, बैंकको खुद ब्याज आम्दानी भने ९.८६% ले घटेर १ अर्ब ५४ करोड ३ लाख ८६ हजार रुपैयाँमा सीमित भएको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ७० करोड ८९ लाख ८० हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।
 
चैत मसान्तसम्म आइपुग्दा बैंकको निक्षेप संकलन ७१.०२% र कर्जा लगानी ५१.६६% ले बढेको छ । चुक्ता पुँजी ८ अर्ब ६४ करोड ३६ लाख ६१ हजार रुपैयाँ र जगेडा कोषमा १ अर्ब ४९ करोड १८ लाख ३८ हजार रुपैयाँ छ । बैंकको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ८१ पैसा र प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३ पैसा छ । 
 

Post Your Comment