नेपाली पैसा
काठमाडौं : सिभिल बैंकले ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्न धितोपत्र बोर्डसँग अनुमति मागेको छ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई ऋणपत्र बिक्री गर्न बोर्डसँग अनुमति मागेको हो । जसमध्ये २० लाख इकाई सर्वसाधारणका लागि निष्कासन हुनेछ भने बाँकी ३० लाख इकाई बैंकले आफ्नै पहलमा प्राइभेट प्लेसमेन्ट गर्ने भएको छ ।
ग्लोबल आइएमई क्यापिटललाई यो ऋणपत्रमा बिक्री प्रबन्धक नियुक्त गरिएको छ । सिभिल बैंकले “११% सिभिल बैंक ऋणपत्र २०८४” जारी गर्न लागेको हो । यस ऋणपत्रमा वार्षिक ११% ब्याजदर प्रदान हुनेछ ।