Market Closed

सेन्चुरी बैंकका संस्थापकले सेयर बिक्री गर्दै, भाउ कति होला ?

22 Oct,2021
  • SHARE_8_23_2017_1_17_30_9_10_2021_11_55_01_9_21_2021_1_12_12_9_27_2021_1_10_10_10_22_2021_11_33_06.jpeg
नेपाली पैसा 

काठमाडौं  : सेन्चुरी बैंकका केही संस्थापक सेयरधनीले सेयर बिक्री गर्ने भएका छन् । बैंकको बिक्री गर्ने मूल्य र सेयर संख्या भने खुलाइएको छैन । यसमा संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इन्छुक संस्थापकले शुक्रबार (कात्तिक ५ गते) बाट ३५ दिन भित्र निवेदन दिनुपर्नेछ । 
 
सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (कात्तिक ५ गते) को ३५ दिनभित्र सेन्चुरी बैंकको प्रधान कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन दिनुपर्नेछ । यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने बैंकले जनाएको छ ।
 

Post Your Comment